
इलाम -१६ वैशाख।
शनिबार सम्पन्न इलाम २ को उपनिर्बाचनमा मतगणना जारी,कांग्रेसको अग्रता कायमै,रहेको छ । साथै खड्कालाई पछ्याउदै छन् एमालेका सुहाङ नेम्वाङ । आज बिहान ११ बजेदेखी सुरु भएको इलाम २ को मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिका अहिलेसम्म तीन वडाको मात्रै मत गणना भएको छ ।












प्रतिक्रिया दिनुहोस