आज:  | Wed, 15, May, 2024

इलाम उपनिर्वाचन अपडेट : मतगणना जारी एमालेका सुहाङको २२६१ मतले अग्रता

१७ बैशाख २०८१, सोमबार ०७:४२ मा प्रकाशित ( २ हफ्ता अघि) १३८ पाठक संख्या
नारी बाटिका


इलाम- १७ बैशाख ।

इलाम इलाम(२ को उपनिर्वाचनको मतगणना जारी रहेको छ भने मत परिणाम आउन अझै केही समय लाग्ने देखिन्छ । सुरुको मतगणनामा नेपाली काँग्रेसका खड्काको अग्रता देखिएको भएतापनि पछिल्लो अपडेट अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायम गरेका छन्। उनले मतान्तर समेत बढाउँदै लगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ५ हजार ३९५ मत ल्याएका छन्। खड्का भन्दा सुहाङ २२६१ मतले अघि बढी रहेका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ४ हजार ५८ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत पाप्त गरेका छन्।

अहिलेसम्म फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका १,२ र ३ नम्बर वडाको मत गणना भैसकेको छ। अहिलेसम्म १५ हजार ९६८ मत गनिएको छ । साथै १८९ मत बदर भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस