आज:  | Tue, 21, May, 2024

मौसम सम्वन्धि जानकारी : आज यी स्थानमा चट्याङ सहित हल्का वर्षा र हावाहुरी

१८ बैशाख २०८१, मंगलवार ०७:४८ मा प्रकाशित ( ३ हफ्ता अघि) २६२ पाठक संख्या
नारी बाटिका


काठमाडौं -१८ वैशाख ।

,आज यी स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज(मंगलबार) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागको केही स्थानमा चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।

यस्तै आज कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको अनुमान छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशको थोरै र बाँकी भूभागको केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ।

साथै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको एक ,दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस