आज:  | Sun, 19, May, 2024

गएराति परेको चट्याङ लागेर अछाममा १ बालकको मृत्यु ३ घाईते

२५ बैशाख २०८१, मंगलवार ११:११ मा प्रकाशित ( १ हफ्ता अघि) १४४ पाठक संख्या
नारी बाटिका


अछाम २५ वैशाख।

अछामको रामारोशन गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटियाका कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु हिजो मृत्यु भएको हो ।

हिजो (सोमबार)राति आएको हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको अछाम जिल्ला प्रहरी कार्यलयले जनाएको छ। त्यस्तै चट्याङले एकै परिवारका तीनजना घाइते भएका छन् भने घर समेत नष्ट भएको छ ।

यसैबीच,डडेल्धुरा जिल्लामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् साथै उनीहरुको घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

प्रहरी कार्यलयले जनाए अनुसार घाइते उनीहरूको अवस्था सामान्य रहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस