आज: २०८३ जेष्ठ २, शनिबार | Sat, 16, May, 2026

दावा छिरिङको होटेल भियानामा सीआईबीको छापा

२०८१ बैशाख २५, मंगलबार मा प्रकाशित ( २ साल अघि) ८५७७ पटक पढिएको
नारी बाटिका


काठमाडौं २५ वैशाख।

केही बेरअघि दावा छिरिङको होटेल भियानामा सीआईबीले छापा मारी तीनजनालाई नियन्त्रणमा लिएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलिले छापा मारेको हो।

ठमेलस्थित सो क्षेत्रबाट हुण्डी कारोबार भएको आशंकामा सीआईबीले त्यस होटलमा छापा मारेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरोले हुण्डी रकम सहित तीन जनालाई पक्राउ गरेको सीआईबी स्रोतले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको ब्यूरोले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस