आज:  | Mon, 20, May, 2024

 सूचना, प्रविधिको विकाससँगै अब अतिरिक्त हुलाकको आवश्यकता छैन संन्चारमन्त्री शर्मा

२६ बैशाख २०८१, बुधबार १८:५३ मा प्रकाशित ( १ हफ्ता अघि) १२२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २६ वैशाख ।

नेपालकै पहिलो संन्चार माध्यम मानिएको अतिरिक्त हुलाक सेवा अब खारेज हुंदै जाने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक हुलाक क्रमशः खारेज हुदै जाने बताउनु भएको हो।

आज बसेको प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री शर्माले चालू आवमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताउनु भयो ।

‘यसअघिकै निर्णयबाट चालू आवमा अतिरिक्त हुलाक खारेज गर्ने भनिएको थियो, साउन भदौबाट हामीले काम पनि सुरु गर्‍यौँ‚ हाल सुचना प्रविधिको विकाससंगै अतिरित्त हुलाको खासै आवश्यकता नरहेकोले एकैपटकमा सबै खारेज गर्ने भन्ने थियो तर सबैको सल्लाहमा क्रमबद्ध रूपमा काम सुरु गरिने भएको हो’,उहाँले भन्नु भयो।

मन्त्री शर्माका अनुसार अतिरिक्त हुलाकमा रहेका विभिन्न ट्रेड युनियन, अर्थ मन्त्रालय र प्रधानमन्त्री समेतको छलफलपछि उक्त समूह खारेज हुने सहमति भएको तर यस कार्य क्रमबद्ध रूपमा हुँदै जाने निष्कर्ष निकालिएको थियो।​

अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८०, गत चैत ३० मै मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। सोही अनुरूप यही वैशाख १० गते राजपत्रमा प्रकाशन भइसकेको छ। प्रकाशित राजपत्र अनुसार नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन्।

त्यसैगरी राजपत्रमा अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकको पद र नियम प्रारम्भ भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारेज हुने भनिएको छ। पछिल्लो समयमा सूचना, प्रविधिको विकाससँगै व्यक्तिगत चिट्ठीपत्रको अन्त्य भएकाले सरकारी बाहेक अरू कागजपत्र हुलाकबाट जाने चलन अन्त्य भएको उहाँको भनाइ छ।

उहाँले अतिरिक्त हुलाक खारेज गर्ने नीति बनिसकेकाले नियमावली अनुसार अनिवार्य अवकाश, पद खारेज हुने र स्वेच्छिक अवकाश गरी तीनवटा विकल्प अघि सारिएको जानकारी समेत गराउनु भयो । अहिले अतिरिक्त हुलाक राख्ने अवस्था नभएकाले एक पालिका एक हुलाक राख्ने निर्णय मन्त्रिपरिषद्‌बाट भइसकेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस