आज:  | Mon, 20, May, 2024

शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दै

२७ बैशाख २०८१, बिहीबार ०७:४० मा प्रकाशित ( १ हफ्ता अघि) १६४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ वैशाख।

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सरकारले भोली (शुक्रबार) देखि शुरु गर्न लागेको बजेट अधिवेशन बारे आवश्यक छलफल गर्नका लागी आज अपराहन्न २ बजे पार्टीको संसदीय दलको बैठक बोलाएको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।

यसैगरी कांग्रेसले केही समयदेखी सहकारी ठगी प्रकरणमा मुछिएका भन्दै गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न यस अघिको संसद अधिवेशन अवरुद्ध गरेको र शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन लाई पनि अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस