आज:  | Mon, 20, May, 2024

आज भगवान विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेर अक्षय तृतीया मनाइँदै

२८ बैशाख २०८१, शुक्रबार ०७:५२ मा प्रकाशित ( १ हफ्ता अघि) १३१ पाठक संख्या
नारी बाटिका


बिबियु =नारी बाटिका संवाददाता

काठमाडौँ -२८ वैशाख।

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा भगवान विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । आजको दिनमा जौँको सातु बनाई साथमा सर्वत दान गरेर अक्षय तृतीया मनाइँदैछ । यस पर्वमा हिन्दु सम्प्रदायमा जौँको सातु र सर्वत बनाई आफ्ना परिवार र ईष्टमित्रले खाने र बाटोमा हिड्ने बटुवाहरुलाई पनि खुवाउने गरेमा यस कार्यबाट शुभ फल मिल्ने धार्मिक विश्वास चलि आएको हा ।

धर्मशास्त्र अनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइने गरिन्छ । देवी पार्वर्तीले श्रीस्वस्थानी मातको ब्रत बसी भगवान शिव–बिच आज कै दिनमा विवाह भएको दिनका रुपमा पनि मानिन्छ ।

आज गरेको दान कर्मले विशेष फल प्राप्त हुने र शुभ हुने भएकोले यस अक्षय तृतीयाको दिनलाई परापुर्व कालदेखी विशेष दिनका रुपमा मानिएको हो । त्यसैले पनि आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्त्व छ । यसैबीच, मधेसका महोत्तरी जिल्ला सहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौँ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने र इृष्टमित्र,साथीभाई र बाटोमा हिड्ने बटुवालाई समेत मनाउने परम्परा छ ।

यसैगरी यस पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दु विश्वासले आज हिन्दु मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँने गर्दछन् ।

यस पर्वको अझै बढी विषेशता भनेको गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडा सहित दान गर्ने परम्परा रहेको बुढापाकाहरु बताउनु हुन्छ । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको उहाँहरुको भनाई छ । तर यति हुंदा हुंदै पनि हाम्रो समाजमा विदेशी रहनशहन र देखासिखीको कारण पछिल्लो पुस्तामा यस पर्व जस्ता धेरै महत्वपुर्ण पर्वहरुको लोप हुंदै गैरहेको अबस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस