
काठमाडौँ १ जेठ।
सहकारीको रकम हिना मिना प्रकरणमा फरार रहेका जीवी राईको पासपोर्ट रोक्का हुने भएको छ । राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।
सो कार्यका लागी आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
राई विरद्ध विभिन्न सहकारीको रकम हिनामिना गरेको प्रकरणमा कास्की, रुपन्देही लगायत जिल्लामा उजुरी परिसकेको छ ।












प्रतिक्रिया दिनुहोस