
नारी बाटिका
रौतहट ४ जेठ ।
जनकपुरमा यात्रुवाहक बस दुर्घटना हुदा ३२ जना घाइते भएका छन् । आज (शुक्रबार) बिहान अ.साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो।
चन्द्रपुर २ को लच्का नजिकैको जंगलमा अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल र सिभिल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
घाइते भएकाहरुको अवस्था सामान्य रहेको छ। धनुषाको जनकपुर उपमहानगरपालिका ७ घर भएका बस चालक राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।








प्रतिक्रिया दिनुहोस