आज:  | Mon, 17, Feb, 2025

यात्रुवाहक बस दुर्घटना हुदा ३२ जना घाइते

४ जेष्ठ २०८१, शुक्रबार १२:१० मा प्रकाशित ( ९ महिना अघि) १९८७ पटक पढिएको
नारी बाटिका


रौतहट ४ जेठ ।

जनकपुरमा यात्रुवाहक बस दुर्घटना हुदा ३२ जना घाइते भएका छन् । आज (शुक्रबार) बिहान अ.साढे ६ बजेको समयमा जनकपुरबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको बस पूर्वपश्चिम राजमार्गस्थित चन्द्रपुर २ को लच्का नजिक पल्टिएर दुर्घटना भएको हो।

चन्द्रपुर २ को लच्का नजिकैको जंगलमा अचानक बस पल्टिँदा सो बसमा सवार ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका सबैजनाको चन्द्रनिगापुरस्थित चन्द्रपुर हस्पिटल र सिभिल हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घाइते भएकाहरुको अवस्था सामान्य रहेको छ। धनुषाको जनकपुर उपमहानगरपालिका ७ घर भएका बस चालक राजकुमार मण्डललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस