
नारी बाटिका
काठमाडौं ८ जेठ।
हजारौं श्रदालु भक्तजनले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्ने कोषका कर्मचारी सहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपतिनाथ क्षेत्र विकास कोषका कर्मचारी अनिल परियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
हजारौं श्रदालु भक्तजनले “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गरेको सीसी क्यामेरामा (फुटेज)बाट देखिएपछी कोषमा कार्यरत कर्मचारी परियार सहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,” पशुपति क्षेत्र विकास कोषका प्रवत्ताले बताउनु भयो ।
केही वर्षदेखी परियार पशुपतिमा बाजा बजाउने कर्मचारी हुन् । उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनु भयो । सो बारेमा थप छानविन भैरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस