आज:  | Sat, 15, Feb, 2025

विपरित दिशाबाट आएको टिफरले ठक्कर दिदा दुई गम्भीर १३ घाइते,

८ जेष्ठ २०८१, मंगलवार १२:५० मा प्रकाशित ( ९ महिना अघि) १६४६ पटक पढिएको
नारी बाटिका


मुग्लिन ८ जेठ ।

चितवनमा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा दुईको अबस्था गम्भीर रहेको छ । यस्तै सो घटनामा १३ जना घाइते भएका छन्।

आज विहान मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपरले माइक्रोबसलाई ठक्कर दिएको हो ।

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन्।

घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ तर्फ पठाइएको प्रहरीले जनाएको छ।

माइक्रोबसले टिफरलाई ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनापछि अवरुद्ध भएको सो क्षेत्रको राजमार्ग खण्ड केहीबेरपछी खुलेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%४%

प्रतिक्रिया दिनुहोस