आज:  | Sat, 27, Jul, 2024

कुकुरको टोकाईबाट धादिङमा एक बालिकाको मृत्यु साथै अन्यको पनि उपचार भैरहेको

९ जेष्ठ २०८१, बुधबार ०७:३७ मा प्रकाशित ( २ महिना अघि) ६६८ पाठक संख्या
नारी बाटिका


धादिङ ९ जेठ ।

रेविज लागेको कुकुरले टोक्दा धादिङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ की ६ बर्षीया मनिला चेपाङ रहेकी छिन् । कुकुरले टोकेपछी बालिकालाई मलेखु स्थित टिचिङ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

एक साताअघि रेविज लागेको कुकुरले गाउँमै बालिकालाई टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा उपचार गराईएको भएपनि उनलाई ज्वरो आउने,पानी तथा हावा देखेर डराउने जस्ता लक्षण देखिएपछी बालिका चेपाङको काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा भर्ना गरिएको थियो ।

बालिकाको मंगलबार उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताउनु भयो । यसैगरी गाउँमा रेविज लागेको कुकुरले अन्य स्थानिय बासीलाई पनि टोकेकोले उनीहरुको पनि उपचारको लागी वडा कार्यालयले पनि पहल गरिरहेको छ । साथै रेविज लागेको कुकुर भएका क्षेत्रहरु चिउरी टारमा रहेको चेपाङ समुदायमा एन्टि रेबिज भ्याक्सिन समेत दिएको छ ।

सो गाउँका कुकुरमा रेविजको लक्षण देखिन थालेपछी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विबेक) को नेतृत्वमा सोमबार गएको स्वास्थ्यकर्मी सहितको टोलिले भ्याक्सिन सहित परामर्श दिएको छ ।

बालिकालाई टोक्ने कुकुर मरिसकेको र अन्य चारजनालाई समेत त्यही कुकुरले टोकेको हुँदा चार जना सहित मनिला चेपाङको सम्पर्कमा आएका २० जना गरी २४ जनालाई एन्टि रेबिज भ्याक्सिन लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।

चिकित्सकहरुका अनुसार रेबिज लागेको कुनै पनि जंगली जनारहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई नै सर्ने सर्दछ । रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । यस्तै गाई, भैंसी, भेँडा, बाख्रा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्ने हुँदा सावधानी अपनाउनको लागि पालिकाले आग्रह गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%१%

प्रतिक्रिया दिनुहोस