आज:  | Sat, 27, Jul, 2024

महिला मन्त्रालयद्वारा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजना शुभारम्भ

९ जेष्ठ २०८१, बुधबार १२:२६ मा प्रकाशित ( २ महिना अघि) १८१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ९ जेठ ।

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजना शुभारम्भ गरेको छ । सो कार्यको लागी मंगलबार मन्त्री भगवती चौधरीको नेतृत्वमा माल्दिभ्स,नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले संयुक्त रूपमा लैङ्गिक हिंसा विरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गर्नु भएको हो।

नेपालमा अत्याधिक रुपमा भई रहने लैंगिक हिसाका घटनाहरुले पछिल्लो समयमा यसको स्वरुप परिवर्तन भई महिलाको ज्यान र जिवन नै जोखिममा पर्र्ने गरेको सन्र्धमा सरकारले त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता सवाललाई समेट्ने भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ लैङ्गिक हिंसा पीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँच मार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

‘यसैगरी लैङ्गिक हिंसा विरुद्धमा काम गर्नको लागी सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र सङ्घीय तहमा लैङ्गिक हिंसा विरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ’, मन्त्री चौधरीले बताउनु भयो ।

आयोजनाका लागि स्टेट एण्ड पिसबिल्डिङ ट्रष्ट फण्ड(राज्य तथा शान्ति निर्माण कोष)ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ । आयोजनाको कार्यान्वयन महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्ने भएको छ ।

यस आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्गिक हिंसा विरुद्धका नवीनतम उपायहरू सम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्ने बताईएको छ ।

साथै यस परियोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसा विरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण कार्यक्रम गर्नेछ ।

नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्‍याउन यो ज्यादै महत्त्वपूर्ण छ’, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस