आज:  | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोक डाँडापारिस्थितमा दम्पती नै मृत फेला

९ जेष्ठ २०८१, बुधबार १४:२९ मा प्रकाशित ( २ महिना अघि) १९३ पाठक संख्या
नारी बाटिका


धुलिखेल- ९जेठ ।

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती नै मृत फेला परेका छन्।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका अनुसार डाँडापारिस्थित उक्त गाउँमा ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया तामाङको आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन्।

मृतक मानबहादुर बल घरको पसल फेला परेका थिए भने उनकी श्रीमती केकाइमाया भान्छा कोठामा मृत फेला परेको प्रहरीले बताएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यलयबाट टोली खटाई घटनास्थलमा पठाइएको र अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस