आज:  | Sat, 27, Jul, 2024

आज २५६८औं बुद्ध जयन्ती देशभर बुद्धको पूजा, आराधना गरी मनाईँदै

१० जेष्ठ २०८१, बिहीबार ०७:३० मा प्रकाशित ( २ महिना अघि) २३२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० जेठ ।

अहिंसा र शान्तिका अग्रदूतका रुपमा विश्वभरमा मानिदै आएका सिद्धार्थ गौतमको २५६८औँ जयन्ती हो । उहाँलाई भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएको दिन आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइने गरिन्छ। भगवान वुद्ध तथा सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै नेपाल,जापान,भुटान,श्रीलंका लगायतका देशमा यो पर्व धुमधामसंग मनाउने गरिएको छ ।

भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथि अर्थात आजैका दिन परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ वुद्ध जयन्तीलाई शान्तिको कामना गर्दै आज देशभर विभिन्न कार्यक्रमहरु गरी मनाउन लागिएको हो।

आजको दिन बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको विधीपुर्वक पूजा आरधना,भजन कृतन लगायतका कार्य गनी मनाईँन्छ । वुद्ध जयन्ती कै अवसरमा सरकारले पुजा,आरधना,विभिन्न धार्मिक कार्य गरी उहाँको ध्यानमा वेतित हुन र नेपालीको घरघरमा बेलुकी दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले सार्वजनिक विदा दिदै आह्वान गरेको छ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ। इसापूर्व ५६३ अर्थात् आज भन्दा २५६८ वर्षअघि रुपन्देही जिल्ला लुम्बिनीको उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।

साथै शुद्धोधन राजाका छोरा राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम वुद्धले मानिसले पाएका दुःख देखेर उहाँ निकै चिन्तित बन्नु हुन्थ्यो । २९ वर्षको उमेरमा दरबारको सुख भोग छोडी भगवान वुद्ध तपस्याका लागि हिड्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस