
इलाम ११ जेठ ।
इलामको माई नगरपालिकामा दुई बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थान बस्ने आठ वर्षीय किस्मन आङदाम्बे रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो।
प्रहरी प्रमुख ढकालका अनुसार ५जना बालबालिकाहरु संगै पौडी खेल्न गएका र दुई जनाको डुबेर मृत्यु भएको थियो भने अन्य तीन जनाको उद्धार गरिएको बताउनु भएको छ ।
डुबेर घाईते भएका लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस