आज:  | Sat, 27, Jul, 2024

इलाममा दुई बालकको डुबेर मृत्यु,अन्य तीनजनाको उद्धार

११ जेष्ठ २०८१, शुक्रबार ११:२१ मा प्रकाशित ( २ महिना अघि) १६३ पाठक संख्या
नारी बाटिका


इलाम ११ जेठ ।

इलामको माई नगरपालिकामा दुई बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थान बस्ने आठ वर्षीय किस्मन आङदाम्बे रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो।

प्रहरी प्रमुख ढकालका अनुसार ५जना बालबालिकाहरु संगै पौडी खेल्न गएका र दुई जनाको डुबेर मृत्यु भएको थियो भने अन्य तीन जनाको उद्धार गरिएको बताउनु भएको छ ।

डुबेर घाईते भएका लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस