आज:  | Sat, 27, Jul, 2024

होटल संघको १७ औं साधारणसभा सम्पन्न साथै मर्यादित रुपमा होटल संन्चालन गर्न नियमक निकायको सुझाव

१२ जेष्ठ २०८१, शनिबार ०७:४६ मा प्रकाशित ( २ महिना अघि) २४२ पाठक संख्या
नारी बाटिका



बिबियु -नारी बाटिका संवाददाता

धादिङ- १२ शनिबार ।

जिल्ला होटल व्यवसायी संघ धादिङको १७ औं साधारणसभा सप्पन्न भएको छ ।

साथै मर्यादित रुपमा होटल व्यवसाय संन्चालन गर्न नियमक निकायले सुझाव दिएका छन् ।

जिल्ला होटल संघका अध्यक्ष रामशरण सिलवालको अध्यक्षता तथा निलकण्ठ नगरपालिकाका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्र.ढुंगानाको प्रमुख आतिथयतामा आज धादिङवेसीमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी मेयर ढंगानाले शुभकामना राख्नु हुंदै होटल व्यवशायीहरुले सभा,स्व्च्छ र उचित वातावरणमा होटल संन्चालन गरी ग्राहकहरुको मन जितेर मर्यादित र ईमान्दारी रुपमा व्यवशाय संन्चालन गर्न सुझाव दिनु भएको छ ।

उहाँले होटल व्यवशायीहरुले कामदार राख्दा बालश्रम शोषण नगर्न,सफा,स्वच्छ र ताजा खानेकुरा खुवाउन, सबैले देखिनेगरी एउटै मुल्यसुची राख्न तथा तालिम प्राप्त कर्मचारीको व्यवस्था गर्न पनि व्यवशायीहरुलाई सुझाव दिनु भएको छ ।

 

यसैगरी उहाँले व्यवशायीहरुले लगानी गर्न सकिन भनेर आत्तिनु पनि नपर्ने र नियम अनुसार व्यवशाय संन्चालन गर्नेहरुको लागी आफुले मेयर उद्योसिल कार्यक्रमबाट रु १५ लाखसम्म सहुलियत ऋण उपलव्ध गराउन सक्ने बताउनु भएको छ ।

कार्यक्रममा धादिङका निमित्त प्रमख जिल्ला अधिकारी बलराम ढकाल, होटल व्यवशायी महासंघ नेपालका उपाध्यक्ष धना चोख्याल,,महासंघ नेपालका सम्रक्षक अम्रित भुजेल,

होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव मकेन्द्र कुमार मिश्र, उद्योग वाणिंज्य संघका प्रतिनिधी,घरेल तथा साना उद्योग कार्यलयका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा नि.न.पा ३ न..वडा कार्यलयका प्रतिनिधी,सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लाका क्रियासिल मिडियाका संन्चारकर्मीहरु,जिल्ला होटल व्यवसायी संघमा आपद्ध सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वत्ताहरुले वेलावेलामा धादिङका केही होटलहरुले नियम विपरित कार्य गर्ने गरेको भन्ने सुचना तथा खबर आईरहनाले .


व्यवसायीहले मर्यादित र पारदर्शी रुपमा आफनो सेवालाई अब्बल बनाई लैजान सुझाव दिएका छन् ।

मेयर ढुंगानाले नेपाल कृषि प्रधान मुलुक भएपनि उत्पादन नहुँदा खर्ब भन्दा बढी घाटा व्यर्होनु परेको उल्लेख गर्दै रेमिटान्सले मात्र देश जोगिनु पर्ने अबस्थामा होटल पर्यटन क्षेत्र मात्र संभावना भएको क्षेत्र भएको बताउनु भयो ।

सो साधारण सभामा अिितथीहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो भने प्रमाणपत्र सहितको सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस