आज:  | Sat, 27, Jul, 2024

बाह्र घण्टापछि अवरुद्ध राजमार्गमा एकतर्फी रुपमा यातायात सञ्चालन

१५ जेष्ठ २०८१, मंगलवार १९:०६ मा प्रकाशित ( १ महिना अघि) ३३६ पाठक संख्या
नारी बाटिका


धादिङ १५ जेठ ।

मंगलबार विहानैदखी अवरुद्ध भएको धादिङको पृथ्वीराजमार्ग सडकखण्ड अहिले साँझपख एकतर्फी रुपमा खुलेको छ । वर्षाको कारण अवरुद्ध पृथ्वी राजमार्गको गल्छी खण्डको यातायात बाह्र घण्टापछि एकतर्फी रुपमा संचालनमा आएको हो ।

गएराीतको वर्षाले पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी(महेशदोभान खण्डमा पर्ने पृथ्वीराजमार्गमा यातायात अवरुद्ध हुँदा आज हजारौँ यात्रु अलपत्र परेर खानेकुरा तथा, पिउने पानीको समेत अभाव भएको यात्रुहरुले गुनासो गरेका छन् ।

रातभरको वर्षाको कारण भलबाढीले अवरद्ध हुंदा ठेकेदार कम्पनी र सरकारी स्काभेटरको सहायताले लेदो पन्छाएपछि एकतर्फी संचालनमा आएको हो ।
निकै समयदेखी गल्छी गाउँपालिका वडा नम्बर ६ को क्षेत्रमा पर्ने उक्त स्थानमा सडक विस्तारको क्रममा माटो भर्ने र गर्दो खोलामा पुल निर्माणको काम भैरहेकाले वर्षापछि सडक क्षति पुगेर अवरुद्ध भएको थियो ।

गए रातिदेखिको मनसुनी वर्षाले सडकमा क्षति पुर्‍याएको र माटो लेदो आएर सडकमा भरिएकाले दुवैतर्फको सडक अवरुद्ध पारेको थियो । राजमार्गको यात्रा गर्दा सडकको बारेमा पूर्व सूचना लिएर मात्र यात्रा गर्न धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकालले यात्रुहरुलाई आग्रह गर्नु भएको छ ।

सो क्षेत्रमा पर्ने गर्दोखोला बाढीले क्षतिपुर्याएको, लेदो जमेर साथै सडक विस्तारका क्रममा सडक उत्खनन् र पुल निर्माण गर्दा सडक समेतमा रातभरको वर्षापछी वारपार गर्न समस्या भएकोले यात्रुले सास्ती ब्यहोर्नु भरेको थियो । सो क्षेत्रमा गएरातिदेखि नै राजमार्ग बन्द भएपछि दुबैतर्फ १० किलोमिटर लामो सवारी साधनको जाम लागेको थियो ।

ठेकेदार कम्पनीले सडक सफा गर्ने र लेदो हटाउने कार्य गरिरहेको बताएको छ । तर सवारी चाप र निरन्तर वर्षाले गर्दा सम्भव भएको छैन ।
स्थानीय प्रशासनले सडक नखुलेसम्म धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन सम्वन्धित सबैमा अनुरोध गरेको छ ।

साना सवारी र मोटरसाईकल समेत पार गर्न नसकिने अवस्थामा छ भने अत्यावस्यक सवारीलाइ गल्छीबाट कल्लेरीटार हुँदै आदमघाट निस्कने बाटो प्रयोग गर्न लगाईएको छ । ठेकेदारले वर्षाअघि बाटोमा ग्राभेल हालेर अग्लो बनाउने कार्य गर्ने भनेपनि काममा ढिलाइ भएका कारण यात्रुले मार खेप्नु परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस