आज:  | Sat, 27, Jul, 2024

नेपाल प्रहरीको उमेर हद अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन

१७ जेष्ठ २०८१, बिहीबार ०७:२४ मा प्रकाशित ( १ महिना अघि) १७२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १७ जेठ।

पहिलो पटक गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत अधिकारीहरूको उमेर हदबारे अध्ययन गर्न गृह मन्त्रालयले सात सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपीको सहभागीता रहेको छ ।

अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहेको सात सदस्यीय समिति गठन भएको छ ।

पहिलो पटक गठित यस समितिले मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरू समेतको अध्ययन गरी सो को आधारमा एक महिनाभित्र सुझाव सहितको प्रतिवेदन तयार गरी गृह्रमन्त्रालयमा पेश गर्ने कार्यदललाई कार्यादेश दिइएको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस