
नारी बाटिका
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ असार ।
हालै काठमाडौं उपत्यकालगायत भक्तपुर र ललितपुर का तीनवटै, जिल्लामा बर्डफ्लु (एच फाइभ एन वान) को संक्रमण तीव्र गतिमा फैलिएको अवस्था छ । पशु सेवा विभागका अनुसार हाल उपत्यका बर्डफ्लुको ‘हटस्पट’ बनेको जनाएको छ।
सुरुमा कोसीमा ए(एच नाइन एन टु) भाइरसको संक्रमण देखिएको थियो भने हाल आएर १० भन्दा बढी जिल्लामा बर्डफ्लु फैलिएर संक्रमण झनै तिब्र बन्दै गैइरहेको छ।
पहिले यो रोगको संक्रमण मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, पश्चिम नवलपरासी, काठमाडौं, ललितपुर भक्तपुर हुँदै काभ्रेसम्म पुगीसकेको छ।
देशका राजधानी रहेको काठमाडौं उपत्यकाभित्रका कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर, गोदावरी, महालक्ष्मी लगायत ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिएको विभागले जनाएको छ।
सक्रमा तिब्रगतिमा फैलिन थालेपछी विभागले पशु प्राविधिकहरूको चार टोली बनाई परिचालन गरिएको जनाएको छ । विभागका अनुसार परिचालित अनुगमन टोलिले बर्डफ्लु पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गर्न थालिएकोे छ ।
रोग नियन्त्रणको लागी जुन जुन फार्ममा बर्डफ्लु पुष्टि भएका क्षेत्रबाट अन्यत्र रोग फैलिन नदिन सरकारी निरिक्षण टोलिले घरपालुवा पन्छी, पन्छीजन्य पदार्थ वा पन्छी उत्पादन सामग्री नष्ट गरी निःसंक्रमण गरिने अभियान चलाएको बताएका छन्।
यस रोग सर्न सक्ने विशेष जोखिम रहने अवस्था भनेको मुख्य गरी अव्यवस्थित फार्म, जंगली चराको आवतजावत र जैविक सुरक्षा मापदण्डको पालना नहुँदा बर्डफ्लुका संक्रमणले छिट्टै उग्र गति लिन सक्ने भएकाले सावाधान रहन अधिकारीहरूले सुझाएका छन्।








प्रतिक्रिया दिनुहोस