
नारी बाटिका
धादिङ १७ जेठ ।
धादिङ जिल्ला अदालतले सामुहिक बलात्कार गर्ने तिनजनालाई कैद सजायाँको फैसला गरेको छ । चारवर्ष अघि सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले बुधबार दुईजनालाई १३ वर्ष र एक जनालाई १४ वर्ष कैद सजायाँको फैसला गरेको हो ।
चारवर्ष अघि गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङले ०७६ चैत १ गते नाम नखुलेकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेका थिए ।
बालिकालाई तिनजनाले सामुहिक बलात्कार गरेपछी पीडित पक्षका नजिकका आफन्तले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ मा उजुरी दिएका थिए ।
उजुरीपछी पिडित बालिकाको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षणपछी ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो । अनुसन्धानकै क्रममा पीडक पीडित दुबैको डिएनए परिक्षण समेत प्रतिवेदनको आधारमा मुद्दाको चारवर्षपछि बुधबार अन्तिम किनारा लागेको हो ।
जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारहरु मध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकएक वर्षको दरले कैद सजायाँ गर्ने ठहर गरेको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनु भयो ।
कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
साथै जिल्ला अदालतमा २१ पटकको पेसीपछि वास्तोलाको ईजलासले यहि जेठ ७ गते कसुर कायम गरिएको थियो ।
सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएका कारण मुद्दाको फैसलामा पनि ढिलाई भएको अदालतले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस