आज:  | Sat, 27, Jul, 2024

हावाहुरीले गोरखा र पर्सामा दुईजनाको मृत्यु

१८ जेष्ठ २०८१, शुक्रबार १२:१४ मा प्रकाशित ( १ महिना अघि) २०४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ जेठ ।

बिहीबार साँझ आएको हावाहुरीमा कारण गोरखा र पर्सामा २ जनाको मृत्यु भएको छ। हिंजो साँझ आएको चर्को हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर रहेको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ।

राना मगरको गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
सोही हावाहुरीले दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमा समेत धेरै क्षति पुगेको बताईएको छ।

त्यसैगरी बिहिबार साँझ वर्षासँगै आएको हावाहुरीले पर्सामा पनि एकजना वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाता लाग्न गई सो पाताले काटेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्सा प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस