आज:  | Sat, 27, Jul, 2024

गृहमन्त्रीको निर्णय आलोचनै आलोचनामा कार्यवाहीवालालाई सडकमा खटाउने निर्णय विरुद्ध सर्वोच्चमा रिट

१८ जेष्ठ २०८१, शुक्रबार १९:२७ मा प्रकाशित ( १ महिना अघि) १८६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १८ जेठ।

सरकारको गृहमन्त्री भैईसकेपछी रवी लामिछानेले गरेका प्रायः सबैजसो निर्णयहरु विवादमा पर्ने गरेको छ । यस्तै उहाँले पछिल्लो समयमा गर्नु भएको मापसे गरी कार्यवाहीमा परेकालाई सडकमा खटाउने निर्णयको चर्को आलोचना भएको थियो । जुन निर्णयको विरुद्धमा आज सर्वोच्चमा रिट परेको हो ।

मापसे गरी ट्राफिक नियम उल्लङघन गरी कारबाहीमा परेका व्यक्तिलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णय विरुद्धमा सुक्रबार सर्वोच्च अदालतमा रिट परेको छ ।

गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै आज कृष्ण विक, रवीन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्जवल माली, इमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

सो रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ । रिटमा देशमा कुनै पनि व्यक्ति कानुन भन्दा माथि हुँदैन र उसले बोले‍को भरमा कानुन बनाउन नमिल्ने तर्क गर्दै उत्प्रेष्णको आदेशबाट उक्त आदेश खारेजको माग गरिएको छ ।

गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेका थिए । मन्त्री लामिछानेको यस निर्णय बारिएसंगै लगत्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्रीको निर्देशन अनुसार ट्राफिक कारबाहीमा परेकाहरूलाई विभिन्न चोक तथा सडकमा स्वयंसेवकका रुपमा खटाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस