आज:  | Sat, 27, Jul, 2024

बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको असन्तुष्टि,कमीकमजोरी औंल्याउन सांसदहरुलाई निर्देशन

१९ जेष्ठ २०८१, शनिबार १९:४२ मा प्रकाशित ( १ महिना अघि) १३१ पाठक संख्या
नारी बाटिका


  • काठमाडौँ १९ जेठ।

हालै मात्रै अर्थमन्त्री वर्षमान पुनद्वारा ल्याईएको आव २०८०।०८१ को सरकारको बजेटप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले सो बजेटले अर्थमन्त्री र माओवादीप्रति ढल्किएको भन्दै बजेटमा असन्तुष्टि जनाउनु भएको हो ।

शनिबार बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्नु हुंदै अध्यक्ष ओलीले बजेट ल्याउँदा सरकारमा सहभागी दलहरूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

ओलीले बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको आरोप समेत लगाउनु भयो । उहाँले भन्नु (भ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो । तर यो बजेट ल्याउदा सत्तारुडदलहरुबिच छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो बढ्ता देखिन गएको छ । यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भीर त्रुटि भएका छन् ।’

ओलीले आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिनु हुदै बजेटमा रहेका कमजोरी औँल्याउन निर्देशन दिनु भएको छ । उहाँले ‘बजेटमा रहेको कुनैपनि कमजोरी औँल्याउनै हुँदैन भन्ने होइन ।

यसैगरी यस बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ ः के हुनुपर्थ्यो र के अझै घट्यो ? यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ । बजेटमा कमजोरी भएपनि पारित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस