
नारी बाटिका
काठमाडौँ २० जेठ ।
सार्वजनिक यातायातलाई अपाङ्ग र अशक्त मैत्री बनाइन पत्रचार गरिएको छ । गृह मन्त्रालयले शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक सवारी साधनहरुमा एक महिना भित्र अपाङ्गमैत्री र्याम्प(सिँढी) राख्न निर्देशन दिएको हो ।
‘सार्वजनिक रुपमा संन्चालन हुने सवारीसाधनलाई अपाङ्ग र अशक्त मैत्री बनाउन सार्वजनिक बसहरूमा एक महिना भित्र अपाङ्गमैत्री र्याम्प(सिँढी) राख्न तहाँ मन्त्रालयबाट यातायात व्यवसायी सम्बद्ध संघरसंस्थाहरूलाई निर्देशन हुन जेठ १७ को (सचिवस्तर) निर्णयानुशार अनुरोध छ’, सो पत्रमा उल्लेख गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई पठाइको छ ।
अपाङ्ग तथा अशक्त व्यक्तिहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्दा निकै सास्ती खेप्नु परेको भन्दै यस क्षेत्रबाट आलोचना समेत हुने गरेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई वागमनमा सहज बनाउन सार्वजनिक बसहरूमा अनिवार्य अपाङ्गतामैत्री र्याम्प(सिँढी) राख्न भनिएको गृह सचिव एकनारायण अर्यालले बताए । ‘परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपाङ्ग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो’ गृह सचिव अर्यालको भनाई छ ।
अपाङ्गता भएकालाई परिवारले मात्रै होइन, समाज तथा राज्यले पनि विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरूलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृह सचिव अर्यालको भनाई छ ।
देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृह मन्त्रालयले पछिल्लो समय आन्तरिक सुदृढीकरणसँगै समाजको वहुआयामिक क्षेत्रहरुमा समेत सुधारको थालनी सचिव अर्यालको भनाई छ । नागरिक र राज्यको सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउने मन्त्रालयको धारणा रहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस