आज:  | Sat, 27, Jul, 2024

काँग्रेसले गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीसंग जवाफ माग गर्दै

२० जेष्ठ २०८१, आईतवार १४:३६ मा प्रकाशित ( १ महिना अघि) २४३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २० जेठ।

गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताहरू लक्षित गर्दै दिएको अभिव्यक्तिमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग जवाफ माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद एवं महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले नेपाली काँग्रेसलाई लगाएका तथ्यहिन तथा झुटा आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् ।

‘कि प्रधानमन्त्रीले वन गर्नुस् (स्वामित्व लिनुस् । होइन भने सदनबाट हटाउन भन्नुस्’ थापाले भने, ‘होइन भने नेपाली काँग्रेसले प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ । त्यो पनि यही सदनबाटै लिइन्छ ।’

यही जेठ ६ गते बसेको प्रतिनिधि सभाको बैठकमा थापालाई लक्षित गर्दै गृहमन्त्री लामिछानेले विदेशीलाई सूचना बेचेको गम्भीर आरोप लगाएका थिए ।

सोही समयमा बसेको संसद् बैठक सकिए लगत्तै नेता गगन थापाले पत्रकार सम्मेलन गरी त्यसको प्रमाण देखाउन चुनौती दिएका थिए ।

भनेका थिए, ‘गृहमन्त्रीले तेरो फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ, भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस