
नारी बाटिका
काठमाडौँ २२ जेठ।
यो वा त्यो वहानामा बालबालिका ओसारपसारको कार्य रोेकिएको छैन । आज सुर्खेत प्रहरीले १८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सोमबार राति १ बजेतिर मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाडौँ आउँदै गर्दा वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई ेनियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
केही वडा कार्यालयको समेत सिफारिस तथा बालबालिकाका आमाबुवाको सहमतिले बालबालिकालाई काठमाडौँ लैजाँदै गरेको भए पनि अन्य आवश्यक कागजपत्र नपुगेको कारण छिरिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१८ जना मध्य १६ बालिका र २ बालक रहेका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








प्रतिक्रिया दिनुहोस