आज:  | Sat, 27, Jul, 2024

रोकिएन बालबालिका ओसारपसारको कार्य १८बालबालिका ल्याउने एक जना पक्राउ

२२ जेष्ठ २०८१, मंगलवार १५:४० मा प्रकाशित ( १ महिना अघि) २१४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २२ जेठ।

यो वा त्यो वहानामा बालबालिका ओसारपसारको कार्य रोेकिएको छैन । आज सुर्खेत प्रहरीले १८ जना बालबालिकालाई काठमाडौँ ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति १ बजेतिर मुगु र हुम्लाबाट बालबालिका ल्याएर काठमाडौँ आउँदै गर्दा वीरेन्द्रनगरको तीनकुने चोकबाट नाम्गेल छिरिङलाई ेनियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

केही वडा कार्यालयको समेत सिफारिस तथा बालबालिकाका आमाबुवाको सहमतिले बालबालिकालाई काठमाडौँ लैजाँदै गरेको भए पनि अन्य आवश्यक कागजपत्र नपुगेको कारण छिरिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

१८ जना मध्य १६ बालिका र २ बालक रहेका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस