आज:  | Sat, 27, Jul, 2024

जिल्लाको सान्ति सुरक्षाप्रति आफु संवेदनसिल रहेको : प्रजिअ पाण्डे

२२ जेष्ठ २०८१, मंगलवार १९:२० मा प्रकाशित ( १ महिना अघि) १४२ पाठक संख्या
नारी बाटिका


बिबियु – नारी बाटिका रिर्पोटर

धादिङ २२ जेठ ।

धादिङ जिल्लाको सान्ती सुरक्षा प्रति आफु गम्भिर रहेको नव प्रजिअ राजेन्द्र पाण्डेले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यलयद्वारा मंगलबार धादिङवेसीमा आयोजित संन्चारकर्मीहरुबिच परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रजिअ पाण्डेले यो कुरा बताउनु भएको हो ।


यसैगरी धादिङ जिल्ला अन्तर्रगत पृथ्वी राजमार्गमा पर्ने गल्छी गाउँपालिकामा निर्माणको अवस्थामा रहेको सडकखण्डमा सामान्य वर्षा हुंदा पनि सडक जाम हुने समस्याले यात्रुहरुले निकै सास्ति खेप्नु परेकोमा संन्चारकर्मीहरुले राखेको जिज्ञासामा प्रजिअ पाण्डेले यातायात सुचारु गर्न र सडक जाम हुन नदिन आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।

यस्तै धादिङको राजमार्ग क्षेत्रमा संन्चालित होटलमा यात्रुले बढी शुुल्क तिर्नु परेको,सरसफाई, नागरिकले स्थानीय तह,तथा सरकारी कार्यलयबाट समयमा  पाउन नसकेका सेवाका विषयमा छलफल गरिएको थियो ।

यसैगरी सोही क्रममा कर्मचारीले नागरिकहरुप्रति गर्ने व्यवहार लगायतका विषयमा संन्चारकर्मीले राखेका जिज्ञासाको संम्वोधन गर्नु हुंदै उहाँले गाउँ तथा नगरपालिकाका प्रमुख,उपप्रमुखहरु,स्थानीय तहका कर्मचारी प्रमुखहरुसंग यो विषयमा छलफल गरी समाधानका उपायहरु खोजी गर्ने बताउनु भएको हो ।

भेटघाटका क्रममा पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्मा,कान्तिपुर टेलीभिजनका धादिङ उपसंपादक पोषनाथ अधिकारी,संन्चारकर्मी राजेन्द्र बस्नेत,नारी बाटिका डट्कम अनलाईन खबरका रिर्पाेटर तथा संन्चारकर्मी भगवती उप्रेतीले जिल्लामा हुने घरेलु तथा लैंगिक हिंसा विरुद्धका घटनाहरु,लागुऔषधको सेवनबाट हुने घटनाहरु लगायतका सवालमा समाधानको लागी जिल्ला सुरक्षा प्रमुखको क्षेत्रबाट खेल्नु पर्ने भुमिकाका बारेमा छलफल गरिएको थियो ।

त्यसैगरी संन्चाकर्मी गजेन्द्र गुरुङ,दिव्यदर्शन टेलीभिजनका विरमान तामाङ संन्चारकर्मी अर्जुन श्रेष्ठ,पत्रकार महासंघ धादिङ शाखाका पुर्व अध्यक्ष नवराज छत्कुली,संन्शंतारकर्कमी शंकर श्रेष्ठ ,गणेश हिमाल अनलाईन खबरका रिपोर्टर  बिनु सिंखडा लगायतको उपस्थितमा  संन्चारकर्मीहरुले जिज्ञासा राखेका थिए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस