आज:  | Sat, 27, Jul, 2024

मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुन भारत जाँदै

२५ जेष्ठ २०८१, शुक्रबार ०८:१५ मा प्रकाशित ( १ महिना अघि) १८१ पाठक संख्या
नारी बाटिका


२५ जेठ काठमाडौं ।

छिमेकी राष्ट्र भारतको नयाँ प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड भारत जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने भएको हो ।

तेस्रोपटक लगातार प्रधानमन्त्री बन्न लाग्नुभएका मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको छ ।

बिहिबारको बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त गरेको छ । त्यस्तै पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई पनि नियुक्त गर्ने निर्णय गरेको छ।

उक्त बैठकले मेलाम्ची खानेपानी आयोजनाको हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, बैठकले लगानी सहजीकरण सम्बन्धी हाल भएका नेपालको केही ऐनलाई पनि संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय समेत गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस