आज:  | Mon, 24, Jun, 2024

धादिङ त्रिपुरासुन्दरी गाउँ पालिकामा ब्रेक फेल भई सवारी दुर्घटना

२५ जेष्ठ २०८१, शुक्रबार १६:४६ मा प्रकाशित ( २ हफ्ता अघि) १७८ पाठक संख्या
नारी बाटिका


२५ जेठ धादिङ ।

सुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नं ६ स्थित गोलाङ आगिन्चोक सडक खण्डमा सवारी दुर्घटना भएको छ। गंगा जमुना गाउँ पालिका लतापबाट धादिङ बेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१/०२७ च ५०१३ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो।

सो दुर्घटनामा परी ६ जना घाइते भएकोमा घाइतेहरुलाई उपचारको लागि धादिङ जिल्ला अस्पताल पठाएको जानकारी जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी एव्ं प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले नारी वाटिका डट्कम खबरलाई जानकारी दिनु भयो ।

सुचना अधिकारी एव्ं प्रहरी नायव उपरिक्षक मिश्रका अनुसार घाईते मध्य ४ जनालाई सामान्य उपचारपछी घर फर्कि सकेका र बाँकी घाईतेको अस्पतालमा उपचार भईरहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस