आज:  | Sat, 27, Jul, 2024

वाग्मती प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयको संरक्षक समितिमा सदस्य नियुक्त

२६ जेष्ठ २०८१, शनिबार १५:४३ मा प्रकाशित ( १ महिना अघि) १९९ पाठक संख्या
नारी बाटिका


हेटौँडा २६ जेठ।

वाग्मती प्रदेश सरकारले वाग्मती प्रदेश विश्वविद्यायलय सञ्चालन गर्ने भएको छ । यसका लागि वाग्मती विश्वविद्यालय संरक्षक समितिमा ६ जना सदस्यहरु नियुक्त गरेको छ । नव नियुक्त सदस्यहरुलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज नियुक्तिपत्र प्रदान गर्नु भएको छ ।

नव नियुक्त सदस्यहरुमा प्रा डा चन्द्रमणि पौडेल, कृष्ण कटुवाल, बच्चुराम अधिकारी, नुनरानी ढुङ्गेल र किरणचन्द्र दाहाल रहनु भएको छ । मुख्यमन्त्री जम्कट्टेलले समितिमा नियुक्त भएका सदस्यहरुलाई ऐन, नियम र कार्यविधि अनुसार काम गर्न निर्देशन दिनु भयो ।

उहाँले शैक्षिक क्षेत्रमा हालै जारी कोटा प्रणालीको प्राविधिक शिक्षाका कारण उच्च शिक्षाका लागि विद्यार्थी विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रादेशिक विश्वविद्यालय स्थापना गरिएको बताउनु भयो ।

वाग्मती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उच्च शिक्षाका लागि विद्यार्थी बाहिर जाने र उतै बस्ने अवस्था रोक्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गरेको बताउनु भयो । योजनामन्त्री थपलियाले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिइृने बताउनु भयो ।

विश्वविद्यालय स्थापना गरेको दुई महिनापछि संरक्षक समितिका सदस्यहरु नियुक्त गरिएको हो । प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको उच्चशिक्षा सम्वन्धि नियम प्रयोग गर्दै, प्रदेश सरकारले उच्च शिक्षा ऐन, २०७८ ले गरेको व्यवस्था अनुसार सार्वजनिक विश्वविद्यालय सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको बताईएको छ ।

वागमती प्रदेश सरकारको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति, प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस