आज:  | Sun, 12, Jan, 2025

बिहानैदेखि कोशीमा वर्षा,साथै यी प्रदेशमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना

३० जेष्ठ २०८१, बुधबार ०७:३२ मा प्रकाशित ( ७ महिना अघि) ७४९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३० जेठ ।

आज विहानैदेखी कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। हाल नेपालमा मनसुन प्रवेश भइसकेको अवस्था छ मनसुनको प्रभाव भने केही प्रदेशमा परेको छ । जस अनुसार आज कोशी प्रदेशको केही स्थानमा बिहानैदेखि हल्का वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

महाशाखाले जनाए अनुसार आज दिउँसो कोशी लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस