आज:  | Tue, 18, Feb, 2025

थोराङ्ला भन्ज्याङमा लेक लागेर धादिङका एक पर्यटकको मृत्यु

३१ जेष्ठ २०८१, बिहीबार १७:०४ मा प्रकाशित ( ८ महिना अघि) ११६९ पटक पढिएको
नारी बाटिका


धादिङ ३१ जेठ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (धादिङका एक युवकको मत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्क घर भएका हरि अधिकारी रहेका छन्।

उनी नेपाली पर्यटकको रुपमा अन्नपूर्ण पदमार्ग अन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा अक्सिजन अभावका कारण धादिङ गंगाजमुना घर भएका अधिकारीको मृत्यु भएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले जानकारी दिनु भयो ।

नेपाली पर्यटकको रुपमा अन्नपूर्ण पदमार्ग पदयात्राका क्रममा थोराङ्ला भन्ज्याङमा अधिकारीलाई लेक लागेर मृत्यु भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टर मार्फत काठमाडौँ तर्फ ल्याइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस