आज:  | Thu, 18, Jul, 2024

रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पस प्रमुखको गोली हानी हत्या

२ असार २०८१, शनिबार ०७:१७ मा प्रकाशित ( १ महिना अघि) १४० पाठक संख्या
नारी बाटिका


बारा १ असार ।

बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । घरबाट कलैया तर्फ फर्कने क्रममा अज्ञान समूहले गोली हानेर कुशवाहाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनु भयो।

आदर्शकोतवाल गाउँपालिका–२ खजुरियास्थित पुख्र्यौली घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्शकोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि कुशवाहामाथि गोली प्रहार भएको थियो ।

दुई वटा मोटरसाइकलमा पछाडीबाट पिछा गर्दै आएका चार जना सवार अपराधीले कुशवाहाको बाटो छेकी पिँठ्यूमा एक राउण्ड गोली प्रहार गरी भागेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगञ्जस्थित ब्योधा अस्पतालमा सुक्रबार साँझ अ.७ः१५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनु भयो ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई स्थानीयलाई नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताउनु भयो । घटनापछी सो क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरी अपराधीलाई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस