
नारी बाटिका
काठमाडौँ २असार ।
नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । यससंगै निगमले लगातार तीन पटक मूल्य घटाएको हो। असार १गते शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३, डिजल र मट्टीतेलमा प्रतिलिटर एक । एक रुपैयाँ घटाएको छ।
घटेको मूल्य शनिबार राति (अर्थात आज (आइतबार) बिहान १ बजे)देखि लागु भएको छ । मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ मा झरेको जनाएकोे छ ।
यसैगरी डिजेल र मट्टितेलमा पनि काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ मुल्य कायम भएको छ।









प्रतिक्रिया दिनुहोस