आज:  | Thu, 18, Jul, 2024

अविरल वर्षाका कारण बेसीशहरमा गएको पहिरोले चामे सडक अवरुद्ध

७ असार २०८१, बिहीबार ०८:३० मा प्रकाशित ( ४ हफ्ता अघि) १२३ पाठक संख्या
नारी बाटिका


लमजुङ ६ असार ।

रातिदेखीको अबिरल वर्षाका कारण बेँसीसहरस्थितमा पहिरो खस्दा चामे सडकखण्ड अवरुद्ध भएको छ। केही दिनदेखी अविरल वर्षा हुंदा बेँसीशहर(६ खरखरेभिरमा ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि सो सडक अवरुद्ध भएको हो।

लमजुङ जिल्ला प्रहरी कार्यालयलका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपागाँइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि सडक अवरुद्ध भई सवारी साधन तथा आवतजावत गर्नमा समस्या भएको छ । यही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन समेत रोकिएको छ।

विगत वर्षदेखी नै यस सडकखण्डमा वर्षायाममा पहिरोले अवरुद्ध हुने गरेको छ। स्थानीय समुदायहरुले जनाए अनुसार बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो भन्दछन्।

हरेक वर्षको वर्षायाममा यस क्षेत्रमा पहिरोले समस्या दिने गरेकोले नियन्त्रणका निम्ति संघीय सरकारले रु १६ करोड ४८ लाखको लागतमा आयोजना सञ्चालन गरेको छ । तर सो आयोजनाको काम सम्पन्न नहुँदा वर्षा सुरुभए संगै समस्या पनि बढेको छ।

तस्वीर स्रोत : गोरखापत्र

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस