आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

२०८१ अषाढ ८, शनिबार मा प्रकाशित ( १ साल अघि) १२०४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ असार ।

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । सुक्रबार पोखरा महानगरपालिका(२२, चिसापानीस्थित फेवातालमा पौडी खेल्न गएका अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको डुबेर मृत्यु भएको हो।

कास्की प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका भण्डारीलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरी तालबाट बाहिर निकालेको थियो। उनलाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको केहीबेरमा चिकित्सकले साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्।

भण्डारी पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने अन्य चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अरु सकुशल रहेको कास्की प्रहरी कार्यलयका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्तकुमारले जानकारी दिनु भयो। सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस