आज:  | Thu, 18, Jul, 2024

आज कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

११ असार २०८१, सोमबार ०८:०४ मा प्रकाशित ( ३ हफ्ता अघि) १११ पाठक संख्या
नारी बाटिका


काठमाडौं १० असार ।

आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

देशका बाँकी भू(भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम विभाग महाशाखाले जनाएको छ।

यसैगरी आज कोशी, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक / दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस