आज:  | Thu, 18, Jul, 2024

प्रहरीको भेषमा लुटेराहरु पठाएर आफ्नै भान्जाको घरबाट २ करोड चोरी

१२ असार २०८१, मंगलवार १७:४७ मा प्रकाशित ( ३ हफ्ता अघि) २२० पाठक संख्या
नारी बाटिका


काठमाडौ ११ असार ।

भक्तपुरको दधिकोटमा आफ्नै भान्जाको घरमा प्रहरीको भेषमा लुटेराहरु पठाएर मामाले२ करोड लुटेका छन् । आफ्नै मामाले योजना बनाएर भान्जाको घरबाट नाटकीय रुपमा २ करोड रुपैयाँ लुटिएको खुलासा भएको हो ।

यही असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट २ करोड रुपैयाँ लुटिएको थियो। लुटपाटमा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

यसरी लुटपाट गरी पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घर भएका ३० वर्षीय सुजन रसाईली,सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का वर्ष ३१ का भीमबहादुर तामाङ, सिन्धुपाल्चोक भोटेकोशी २ कै वर्ष ३८ का कृष्णबहादुर बोहरा र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ३ घर भएका वर्ष ३६ का मुनाराज राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनु भयो।

उनीहरुले असार ४ गते दिउँसो १ बजेतिर राउतको घरमा सिबिआई प्रहरी भन्दै ३ जना पुगेका थिए। परिवारका सदस्यलाई नियन्त्रणमा लिएर दराजमा राखिएको २ करोड रुपैयाँ लिएर उनीहरू फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनु भयो ।

चोरी गरेको आरोपमा पक्राउ परेका मध्य सुजन रसाइलीले राउतका मामा कुलबहादुर खत्रीले राउतको घरमा पैसा रहेको थाहा पाएपछि लुट्ने योजना बनाएर आफूहरूलाई परिचालन गरेको प्रहरीमा बयान दिएपछी घटनाको रहस्य खुलेको हो।

पक्राउ परेकाहरुबाट ३६ लाख ३६ हजार,घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल २ थान, मोबाइल १०, थान लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला २ थान डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको प्रहरीले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस