आज:  | Sat, 15, Feb, 2025

आज २४ घण्टाको मौसम : यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

१४ असार २०८१, बिहीबार ०८:०७ मा प्रकाशित ( ७ महिना अघि) २३९४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ असार ।

अहिले विहानीको समयमा बागमती र मधेश प्रदेशको एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। यसैगरी आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ। आज देशका धेरै स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जस अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

बिहिबार (आज)राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। जसका कारण राति पनि देशभर स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा साथै एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
भारी वर्षाका त्यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पुवानुमान महाशाखाले सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस