आज:  | Thu, 18, Jul, 2024

एसइई नतिजा सार्वजनिक,साढे २ लाख परिक्षार्थी फेल

१४ असार २०८१, बिहीबार १७:२५ मा प्रकाशित ( २ हफ्ता अघि) १४२ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ असार ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेको बोर्ड बैठकले निर्णय गरी नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।

आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल ९एनजी०भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका छन्। अध्यक्ष शर्माका अनुसार २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ।

उहाँका अनुसार केही समयपछि परीक्षार्थीहरूले नतिजा हेर्न सक्ने छन्। परीक्षा बोर्डले हिजो नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो। बोर्ड बैठक पनि बस्यो। तर,आन्तरिक तयारी नसकिएपछि सो नतिजा सार्वजनिक गरिएको हो । गत चैत १५ गतेदेखि भएको एसइई परिक्षामा नियमित तर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए।

बोर्डले एसइई नतिजा कसरी र कहाँबाट हेर्ने भनी सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिइसकेको छ। एसइई नतिजा वेबसाइट,एसएमएस र आइभिआरबाट हेर्न सकिनेछ। नेपाल टेलिकमले पनि नतिजा हेर्नका लागि सार्वजनिक सूचना नै जारी गरेर जानकारी दिएको छ।

आइभिआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन,मोबाइलबाट १६०० डायल प्राप्त निर्देशन अनुसार गर्नुपर्ने छ। एसएमएसको लागि मोबाइलको म्यासेज बक्समा  SEE<space> <symbol number> टाइप गरी १६०० मा पठाउनुपर्ने छ। वेबसाइटको लागि Website: http://see.ntc.net.np मार्फत हेर्न सकिने छ।

थप जानकारीको लागी संस्थाबाट यसरी हेर्नुहोस्

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस