आज:  | Sat, 15, Feb, 2025

आज मदन भण्डारीको ७३औँ जन्मजयन्ती

१५ असार २०८१, शुक्रबार ०७:५७ मा प्रकाशित ( ७ महिना अघि) १७११ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ असार ।

नेकपा एमालेका प्रभावशाली स्वर्गिय जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाउँदैछ। उनको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गरी मनाउने भएको छ।

एमालेका तत्कालिन महासचिव स्वर्गिय भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गरेका थिए। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रही आएको छ।

२००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा उहाँको जन्म भएको थियो। २०५० साल जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन तर्फ जाने क्रममा दासढुंगा दुर्घटनामा परी मदन र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो।

उहाँ एमाले पार्टीमा मात्रै नभई देशका प्रिय नेता हुनुहुन्थ्यो । तर भण्डारी र आश्रितको सो दर्घटना नभई रहस्यमय तरिकाले मृत्य भएको कुरा अहिलेसम्म पनि पार्टी र नागरिकमा चलिरहेको छ । के कसरी र कसले उहाँको हत्याको योजना बनायो भन्ने कुरा भने हालसम्म पनि गर्भमै रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस