आज:  | Thu, 18, Jul, 2024

सुक्रबारदेखी परेको अविरल वर्षाको कारण बागलुङमा पहिरो जाँदा घरसहित दम्पती पुरिए

१६ असार २०८१, शनिबार ०७:५६ मा प्रकाशित ( २ हफ्ता अघि) १४१ पाठक संख्या
नारी बाटिका


फाईल तस्वीर

बिबियु नारी बाटिका संवाददाता
बागलुङ, १५ असार ।

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरो खस्दा दुई दम्पती सहित पहिरोमा घर पुरिएको छ । पहिरोमा परी पुरिएका बिसौनास्थित ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विक रहेका छन् ।

अविरल वर्षाका कारण गएराति पहिरो जाँदा घर सहित उनीहरु पुरिएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनु भयो।

प्रहरी उपरीक्षक कँडेलका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ। यस घटनासंगै गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध जनाईकोको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस