आज:  | Thu, 18, Jul, 2024

आईतबारदेखी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन हुंदै

१६ असार २०८१, शनिबार १९:२४ मा प्रकाशित ( २ हफ्ता अघि) ७५ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १५ असार ।

नेकपा (एकीकृत समाजवादी)पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन भोलीबाट हुंदैछ । साथै महाधिवेशनको लागी सबै तयारी पूरा भएको पनि पार्टी सचिवालयले जनाएको छ। भोली असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान सम्बन्धी र साङ्गठनिक प्रतिवेदन माथी छलफल हुने बताईएको छ।

महाधिवेशनमा एक हजार आठ सय ४९ जना प्रतिनिधिले भाग लिनेछन्। त्यस्तै प्रतिनिधिहरुले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ केन्द्रीय पदाधिकारीको चयन गर्ने छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार महाधिवेशनको उद्घाटन गर्नु हुनेछ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै अन्तिम तयारी पुरा भएको जनाएको छ। महाधिवेशनमा भाग लिनको लागी काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू सबै राजधानी आइसकेको छन्।

साथै महाधिवेशनस्थल नजिकै प्रतिनिधिहरुलाई बसोबासको व्यवस्था मिलाइएको छ । तर खानाको व्यवस्था भने महाधिवेशनस्थलभित्रै गरिएको छ। कार्यक्रमस्थललाई आकर्षक बनाउन विभिन्न डिजाईनहरु गरी सिगारिएको छ।

नेकपा एमालेबाट फुटेर गएको यस पार्टी करिब तीन वर्षअघि समाजवादीको नामबाट गठन गरिएको थियो । आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा लिएको छ। एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानिएको पार्टीको दावी छ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिनु भएको छ। उहाँले प्रस्तुत गर्ने दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने अपेक्षा रहेको छ।

त्यसैगरी वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनु भयो। उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनु पर्ने धारणा व्यत्त गर्नु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस