आज: २०८२ मंसिर २६, शुक्रबार | Fri, 12, Dec, 2025

देउवा निवास बुढानीलकण्ठमा काँग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ अषाढ १९, बुधबार मा प्रकाशित ( १ साल अघि) १०६४४ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १९ असार।

आज नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेको लागी संसदीय दलको कार्यालय सिंहदरवारमा बस्दैछ । यस बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने दलले जनाएको छ।

त्यसैगरी आजै (बुधबार) बस्नेगरी काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएका छन्। पछिल्लो मुलुकको राजनितिक घटनाक्रमसंगै एमालेसँग सत्ता समिकरणका लागि भएको सहमतिपछि अनुसार पार्टीको संसदीय दलले त्यसलाई अनुमोदन गर्नु पर्ने भएकोले सो कार्यका लागी अहिले बिहान ९ बजे बैठक बस्न लागिएको हो ।

संसदीय दलको बैठक सभापति शेरवहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस