आज:  | Thu, 18, Jul, 2024

बीमाबाट रकम हत्याउने दाउमा चितवनमा संन्चालकले आफ्नै सुन पसल लुटपाट

२० असार २०८१, बुधबार ०८:२९ मा प्रकाशित ( २ हफ्ता अघि) १३७ पाठक संख्या
नारी बाटिका


चितवन १९ असार।

चितवनमा बीमाबाट रकम हत्याउने दाउमा सुन पसल संन्चालकले लुटेराहरु लगायर आफ्नै पसल लुटपाट गरेका छन् । चितवन जिल्लाको कालिका नगरपालिका( ६ खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा असार १ गते राति लुटपाट भएको घटना सार्वजनिक भएको थियो । उक्त पसलबाट चाँदी ३३ तोला र सुन १ किलो ७०० ग्राम लुटेर लगेको प्रहरीमा सञ्चालक विनोद विश्वकर्माले रिपोर्ट गरेका थिए ।

अर्को लुटिएको भनिएको रहस्यमय कुरा त ४४ तोला सुन प्रहरीले नै भेटेर त्यही सञ्चालक विश्वकर्मालाई बुझाएको थियो । तर, प्रहरी चितवनमा यति ठूलो लुटपाटका घटना हुनुको पछाडिको सुरक्षाको प्रश्न आउन सक्ने कुराले सचेत बन्यो । खोलेसिमल बजार सुरक्षाको दृष्टिकोणले प्रहरीको असुरक्षित क्षेत्रमा पनि थिएन । उक्त क्ष्ेत्रमा हरेक महिनाको १ गते सबै पसल बन्द हुने दिन सुनचाँदी पसल दुई जनाले लुटेर २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना लगिएको भन्ने नाटक रचिएको थियो ।

नेपाली बजारमा सुनचाँदी पसल लगभग साँझ ६ बजेसम्म बन्द भइसक्छ । तर, राति ८ बजेर २० मिनेटमा दुई जना नचिनेका व्यक्तिले मोटरसाइकलमा आइ धारिलो हतियार देखाइ उक्त पसलबाट सुनचाँदी लुटेर लगेका थिए । यो घटनाले चितवन प्रहरीलाई सुरुदेखि नै शंकित बनाएको थियो । उक्त घटनापछी प्रहरीको अनुसन्धान टोलीले केन्द्रीय अनुसन्धान ब्युरोबाट सहयोग माग्यो । त्यसपछि ठूलो परिणाममा सुन र चाँदी चोरी भएको भनिएको घटनाको सूक्ष्म अनुसन्धान अघि बढेको थियो ।

प्रहरीको अनुसन्धान भएसंगै घटनाको प्रकृति सञ्चालकमाथि शंका गर्नु पर्ने ठाउँमा पुगेपछि अनुसन्धान टोलीले धनानन्द नाम दिएर सूक्ष्म अनुसन्धान थालेको हो । प्रहरीको सुष्मअनुसन्धान टोलीले घटनाको १८औं दिनमा सत्य तथ्यको गहिराइमा पुगेर पत्ता लगायो, सुन पसल लुटपाट सञ्चालक स्वयंको योजनामा घटाइएको रहेछ भनेर ।

मंगलबारसम्म उक्त लुटपाट भएको घटनाको प्रहरीले अनुसन्धान गरी पाँच जनालाई घटनामा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी विनोद सुनचाँदी पसल सञ्चालक विनोद सुनार सहित पाँच जनालाई सार्वजनिक गरेको हो । चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार विनोद सुनचाँदी पसलले सिद्धार्थ बीमामा दुई करोड २० लाख रुपैयाँको बीमा गरेको थियो ।

विनोदको आर्थिक व्यवहार बिग्रिएकोले उनी आफैंले सुनचाँदी पसल डकैती गराएर बीमाबाट रकम असुल गर्ने योजना बनाएका हुन् । प्रहरीको अनुसन्धान अनुसार सुनारले पूर्णबहादुर विश्वकर्मालाई ५० हजार रुपैयाँ रकम दिएर लुटपाट गर्न सम्झौता गरेका थिए । उनकै योजनामा असार १ गते राति विश्वकर्मा र पवनकुमार पासवान मोटरसाइकलमा आएर विनोद पसलमा नबसेको मौका देखाई लुटेका थिए ।

उनीहरुलाई लुटपाटमा पसलका म्यानेजर विजय विश्वकर्माले सहयोग गरेका थिए । चोरी गरेका गहनाहरु पनि पवन र पूर्णबहादुरले लगेर कालिका नगरपालिका( ६ घर भएकी अञ्जना पुडासैनी केसीलाई राख्न दिएका थिए । प्रहरीले अनुसन्धान थालेपछि लुटपाट भएको भनिएको दुई दिनपछि अञ्जनाको घरमा गइ विनोद आफैंले गहना लिएर आएको पत्ता लगाएको हो।

लुटेको भनिएको सुनचाँदी पनि विनोदको सुन पसलबाट हिजो मंगलबार नै बरामद गरेको छ । विनोद कालिका नगरपालिका( ६ खोलेसिमलकै बासिन्दा हुन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । विजय विश्वकर्मालाई चोरी गर्न सहयोग गरेको समेतको आरोपमा पक्राउ गरिएको छ ।

यस घटनामा पक्राउ पर्नेहरु पसल संन्चालक २५ वर्षका विनोद सुनार, तनहुँको म्याग्दी गाउँपालिका– ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा रहेका छन् । त्यसैगरी चोरी गर्न आउने बाराको बरागढी नगरपालिका( ४ का १८ वर्षका पवनकुमार पासवान, कालिका( ६ कै ४२ वर्षीय अञ्जना पुडासैनी केसी रहेका छन् । पूर्णबहादुर र पवनकुमारलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उनीहरुलाई लुटपाट तथा चोरी अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । चितवनकाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिमालका अनुसार उनीहरुविरुद्ध मंगलबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस