आज: २०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

लिबिया र नाइजरबीचको मरुभूमिमा बढी तापक्रम र पानीको अभावमा ५० आप्रवासीको मृत्यु

२०८१ अषाढ २२, शनिबार मा प्रकाशित ( २ साल अघि) १०४५८ पटक पढिएको
नारी बाटिका


२२ असार ।

लिबिया र नाइजरबीचको उराठ मरुभूमिमा ५० आप्रवासीको मृत्यु भएको छ । सञ्चारमाध्यमले जनाए अनुसार नाइजर र लिबियाको सीमानामा पर्ने मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको मृत्यु भएको छ । पानीको अभाव र उच्च तापक्रमका कारण उनीहरूको मृत्यु भएको जनाएका छन्।

त्यसैगरी मिडिया स्रोतका अनुसार मानवीय संस्थाहरूले सो क्षेत्रका सुख्खा मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेको बताएका छन्। उनीहरूले अन्य २०० जना आप्रवासीहरुलाई भने उद्धार गरेका थिए।

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानास्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि खतरनाक क्रसिङ ‘गेटवे’ मानिन्छ ।
उक्त क्षेत्रमा अत्याधिक तापक्रममा वृद्धि र पानीको अभाव भएकाले यो क्षेत्रमा रहने मानिसहरुले अत्यन्तै कठोर अवस्था अनुभव गरिरहेका छन् । यसबाट आप्रवासीको जीवनलाई जोखिममा पारेको छ।
मृत्यु हुने कुन देशका नागरिकहरु परे भन्ने बारेमा अनुसन्धान गरिने बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस